News flash
छोराका प्रचारमा जुटे जसपा अध्यक्ष उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव छोराको चुनावी प्रचारका लागि विराटनगर आएका छन् । अध्यक्ष यादवका छोरा अमरेन्द्र यादव जसपाबाट विराटनगर महानगरपालिकाको उपमेयरका प्रत्यासी हुन । कांग्रेससँग गठबन्धन गरेर जसपाले विराटनगरमा उपमेयर पदमा उम्मेदवारी दिएको थियो । अध्यक्ष यादव दुई दिनदेखि विराटनगरमा भेटघाटमा ब्यस्त छन् । स्थानीय तहको निर्वाचनको माहौल तातेका […]

गठबन्धनले धरानलाई नयाँ गति दिने : मेयर उपमेयरका प्रत्यासी

सुनसरी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारले दावी गरेका छन् । मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानबासीमा नयाँ उत्साह पाइएको उनीहरुको भनाई छ […]

‘हो, आफ्नै घर फर्के’ ईन्द्र पोखरेल

सुनसरी । लामो समय नेपाली कांग्रेस सुनसरीको राजनीतिमा सक्रिय रहे पनि पाँच बर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका ईन्द्र पोखरेल कांग्रेसमा प्रवेश गरेका छन् । उनी नेकपा एमाले सुनसरीको जिल्ला कमिटि सदस्य थिए । पोखरेलले शनिबार साँझ कांग्रेस नेता डा.शेखर कोइरालासँग अविर लाउँदै कांग्रेस प्रवेश गरेका थिए । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय पोखरेल इनरुवा […]

गाँजा बोकेको सवारी साधान छुटाउन पैसाको मोलमलाई चलेपछि ……..

सुनसरी । शुक्रबार राति ११ बजेतिर एकनाशले हावाहुरी चलिरहेको थियो । पूर्व पश्चिम राजमार्गमा रफ्तारमा सवारीका साधान हुईकिदै थिए । चट्टयाङको क्षणिक आवाजले भारी बर्षाको संकेत गर्दै थियो । मौसम एकाएक परिवर्तन भएको थियो । राजमार्गको सुनसरीस्थित भोक्राहा र लौकहीको बीचमा सवारी साधानको हुलबाट एक सवारी साधान राजमार्ग छोडेर उत्तरतर्फ हानियो । गहुँ काटेर खाली […]

रामधुनीमा कांग्रेस उम्मेदवारको अवधारणा : ग्रामीण बस्तीमा स्मार्ट भिलेज

सुनसरी । देशभर स्थानीय तहको निर्वाचनले महौल तातेको बेला बिभिन्न राजनीतिक दलका उम्मेदवारहरु आफ्नो प्राथमिकता र भावी विकासको खाका कोर्न ब्यस्त छन् । कोही नमूना शहरको अवधारणा ल्याउँदै छन् भने कोही नागरिकको मूल समस्यामा केन्द्रीत छन् । राजनीतिक दलले समेत आफ्नो घोषणापत्र सार्वजनिक गरेको सन्दर्भमा स्थानीय तहका उम्मेदवारले आफ्नै क्षेत्रको समस्या र महत्वाकांक्षी योजना दिएर […]

बिद्युत आपूर्ति अवरोधप्रति उद्यमी ब्यवसायीको आपत्ति

विराटनगर । पूर्व सूचना बगेर बिद्युत आपूर्ति अवरोध भएको प्रति नीजि क्षेत्रका संस्थाहरुले आपत्ति प्रकट गरेका छन् । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विरोध जनाएका हुन । उक्त संस्थाहरुले विगत केही दिनदेखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी […]

के छ, विराटनगर कांग्रेसले सार्वजनिक गरेको संकल्पपत्रमा

विराटनगर । केन्द्रीय तहका नेताहरुलाई एकै ठाँउमा राखेर नेपाली कांग्रेस विराटनगर नगर समितिले शुक्रबार विराटनगरको संकल्पपत्र सार्वजनिक गरेको छ । एकताको सन्देश दिने प्रयास स्वरुप आयोजना गरिएको सो कार्यक्रममा नेता महेश आचार्य, केन्द्रीय सदस्य डा.डिला संग्रौला, विराटनगरका निवर्तमान मेयर भीम पराजुली लगायतको उपस्थिति रहेको थियो । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तयार गरिएको संकल्पपत्रमा […]

धरानका एमाले उम्मेदवार घरदैलो अभियानमा

सुनसरी । नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार मञ्जुु भण्डारी र उपमेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घर दैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले मन्जुु भण्डारीको छेउमै गएर भने ‘धरानमा धेरै कामको सुुरुवात गरेकी छौ, काम गर्ने तरिका पनि सिक्यौ, अब जितेर गएपछि सबै योजना पुुरा गर्नुु ।’ उनले आफ्नो सुझाव थप्दै […]

कांग्रेसका केन्द्रीय नेता एक ठाँउमा, एकताको सन्देश दिने प्रयास

विराटनगर । देशभर निर्वाचनको महौल तातेको बेला विराटनगरमा कांग्रेसका नेताहरुको राजनीतिक सक्रियता चुलिएको छैन । दुई दिन अघि मात्र केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरको मेयर पदबाट राजिनामा दिए । तर उनी कांग्रेसको प्रचारप्रसारमा त्यति सक्रिय नरहेको आरोप लाग्दै आएको छ, आखिर किन ? ‘म प्रचारप्रसार मै छु । बल्ल एउटा जिम्मेवारीबाट अलग भएको छु । […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल