News flash
वीपीमा ५ मिनेटको अन्तरालमा २ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ५ मिनेटको अन्तरालमा २ संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार मोरङको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए सोमबार ५ मिनेटका अन्तरमा […]

प्रदेश १ मा उच्च दरमा कोरोना संक्रमण, आज मात्र विराटनगरमा ३०१ संक्रमित थपिए

विराटनगर । सोमबार विराटनगर महानगरपालिकामा ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा प्रदेश १ को मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ३९८ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार प्रदेश १ मा ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमित मध्ये यो संख्या अहिले सम्मकै […]

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाएनन्

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतत्वको सरकार संसदमा विश्वास मत प्राप्त गर्न असफल भएको छ । संसदमा विश्वास गुमेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसादबाट बहुमतले अस्वीकृत भएको थियो । योसँगै ओली स्वतः पदमुक्त भएका हुन । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा ९३ मत परेको थियो । १५ जना तटस्थ रहँदा […]

विराटनगरका ब्यवसायी टिवडेवालाको कोरोना संक्रमणले मृत्यु

विराटनगर । मोरङ व्यापार संघका कार्यकारीणी समितिका सदस्य तथा सल्लाहकार सुनिल टिवडेवालाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको सोमबार विहान विराटनगर–२ स्थित विराट अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । एकसाता अघि टिवडेवालामा कोरोना संक्रमण पुष्टि भएको थियो । ४५ वर्षीय टिवडेवालको उपचारकै क्रममा मृत्युभएको जनाइएको छ ।  टिवडेवालाले हाइटेक कार्पेट र […]

धरानमा हत्या गरि लुटपाट गर्ने ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरान १५ पुर्वेली पथबाट धारिलो हतियार प्रहार गरि लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ परेका अभियुक्तहरुले गोबिन्दमाया विश्वकर्मालाई धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ पथरी ३ घर भई हाल […]

पछिल्लो २४ घण्टामा देशभर ८८ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो अवधिमा देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको जानकारी […]

ग्यारेजका ग्याँस सिलिण्डर कोरोना संक्रमितका लागि

विराटनगर । झापा प्रहरीले विभिन्न मोटर ग्यारेजमा रहेका अक्सिजन ग्याँस सिलिण्डर संकलन गरि रिफिल गर्न सम्बन्धित डिलरमा बुझाएको छ । कोरोना संक्रमितका लागि अक्सिजन ग्याँसको अभाव हुन नदिन प्रहरीले यो सक्रियता देखाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर स्थानिय मोटर ग्यारेजहरुबाट संकलन गरेर ग्याँस भर्न डिलरमा बुझाईएको हो । […]

सकियो संवैधानिक परिषद्को बैठक

विराटनगर । आइतबार बसेको संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

मेयरको गाडीले ७ जना कोरोना संक्रमित बोक्यो

विराटनगर । शनिबारबाट विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफ्नो नीजि मोटरसाइकलमा हिड्न शुरु गरेका छन् । को ८ प ८६२६ नम्बरको मोटरसाइकल पराजुलीको नीजि सवारी साधन हो । जुन उनी विराटनगरको मेयर हुनुभन्दा पूर्व प्रयोग गर्थे । शनिबार उनी दिनभर आफ्नो त्यहि मोटरसाइकलमा महानगरको काममा ब्यस्त भए । मेयर भएपछि पराजुलीलाई महानगरपालिकाले को १ झ […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ