विराटनगर । नेपालले जिम्बाब्बे ए बिरुद्ध सानदार जीत हासिल गरेको छ । बुधबार सम्पन्न नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी–२० क्रिकेटमा नेपालले जिम्बाब्बेलाई ८ विकेटले पराजित गरेको छ । यससँगै तीन टी–२० खेलको सिरिज १-१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा […]
विराटनगर । पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ‘ए’सँग पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पुरा गर्ने क्रममा जिम्बावेले १८ ओभर ५ बलको सामना गरेको थियो । ४ विकेटको क्षतिमा जिम्बावेले १८५ रन बनायो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८५ रन बनाउँदै ६ विकेटले पराजित गर्यो । […]
विराटनगर । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शनसँगै नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला आफ्नो हातमा परेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित ग¥यो । नेपालको जीतमा दीपेन्द्रसिंह ऐरीको प्रर्दशन उच्च रहेको थियो । दीपेन्द्रले कसिलो बलिङ गर्दै पीएनजीको ४ विकेट लिएपछि नेपालको जीत सहज भएको थियो । नेपालले दिएको […]
विराटनगर । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नेपालको क्रिकेट टिम अहिले उत्कृष्ट रहेको बताएका छन् । आफु युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताउँदै उनले खुसी रहेको उल्लेख गरेका छन् । सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले भने, ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले […]
विराटनगर । आज विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौ संस्करण समाप्त हुदैछ । कोरोना संक्रमणको जोखिमका बीचमा निक्कै चुनौतीपूर्ण मानिएको गोल्डकपको उपाधिका लागि भारतको पंजाव पुलिस र नेपालको सशस्त्र प्रहरीको एपीएफको बीचमा भीडन्त हुदैछ । साँझ सम्पन्न हुने खेलले उपाधिको छिनोफानो लगाउने छ । कोरोना संक्रमणको बढ्दो जोखिम, स्तरिय फुटबल टीमलाई प्रतियोगितामा सहभागी गराउन नसक्नु र […]
विराटनगर । शनिबार विराटनगरमा हुने छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेलमा पहिलो पटक भारतको पंजाव पुलिसले नेपालको विभागिय टिम सशस्त्र प्रहरी ९एपीएफ० को सामना गर्दैछ । साँझ साढे ६ बजेबाट शुरु हुने फाइनलमा दुबै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ । पाहुना टोली पंजावले पहिलो पटक गोल्डकपमा सहभागिता जनाएको हो । विराटनगरको भम्रण फलदायी […]
विराटनगर । यस बर्षको आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता समेत रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो । पंजावले विराट गोल्डकपको उपाधिको लागि […]
विराटनगर । पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटाले सेमिफाइनलको यात्रा पक्का गरेको हो । मंगलबार सम्पन्न खेलसँगै क्वाटरफाइनलको समीकरण सकिएको छ । जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल […]
विराटनगर । विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकपमा आज सङ्कटा क्लब काठमाडौँले क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको यो चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हो । विराटनगरस्थित सहिद रङ्गशालामा साँझ ७ बजेबाट सुरु सो खेल पश्चात क्वाटरफाइनलको समीकरण पुरा हुनेछ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफले […]
विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाण्डौ र नेपाल प्रहरी […]