News flash

विराटपथ

सोमबार, आषाढ १५, २०७७

इनरुवा । जिल्ला अदालत सुनसरीका न्यायधीस शंकर राईका अंगरक्षकले आत्महत्या गरेका छन् । सोमबार साँझ करिब ७ बजे न्यायधीस राईका अंगरक्षक प्रहरी हबल्दार ओमप्रकाश खतिवडाले आफ्नो साथमा भएको पेस्तोल कन्चटमा प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अदालत परिसर मै रहेको न्यायधीस निवासको छतमा प्रहरी हवल्दार खतिवडाले एक राउण्ड गोली कन्चटमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । मोरङको राजघाट घर भएका खतिवडाले के कति कारणले आत्महत्या गरेको अहिलेसम्म खुल्न सकेको छैन ।
‘छतमा गएर कन्चटमा आफैसँग भएको पेस्तोल प्रहार गरेको देखियो । पेस्तोल प्रहार गर्ने बित्तिकै घाइते अबस्थामा रहेका खतिवडालाई उपचारका लागि इनरुवा अस्पताल लगियो ।’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनालले विराटपथसँग भने, ‘त्यहाँ उपचार सम्भंव नभएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भयो ।’
३६ बर्षिय खतिवडाको आत्महत्या बारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । मृतकको शवलाई पोष्टमार्डमका लागि धरान मै राखिएको छ । पोष्टमार्डम पश्चात शव आफन्तलाई बुझाइने बताइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल