यादगार रहने पूर्वमन्त्रीको त्यो हर्कत, जसले मन्त्री पद खुस्कियो

Logo
सोमबार, आषाढ १५, २०७७

विराटनगर । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली त्यो बेलापनि प्रधानमन्त्री थिए, जतिबेला हरिप्रसाद पराजुली कृषिमन्त्री थियो । प्रधानमन्त्री ओलीका क्याविनेटमन्त्री पराजुली चर्चा त्यस्तो चुलिएको पनि थिएन । ठ्याक्कै आज भन्दा पाँच बर्ष अघि पराजुलीको यसरी चर्चा भयो कि उनको हर्कतको सामाजिक सञ्जाल मात्र होइन, संसदपनि पनि आलोचना भयो ।
२०७२ साल असार १५ गते मंगलबार कृषि विभागले धान दिवसको अबसर पारेर काठमाण्डौंको मुलपानीमा धान रोपाईको कार्यक्रम गरेको थियो । बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेपनि त्यो बेलाका विभागिय मन्त्री पराजुली दिउँसो ३ बजे कार्यक्रम स्थल पुगे । केहीबेर भाषण गरेर धान रोप्न हिलोमा पसेर एक महिलासँग अश्लिल हर्कत देखाए । जुन हर्कतको ब्यापक आलोचना मात्र भएन, उनको मन्त्री पद नै खुस्कियो ।
पदीय हैसियत अनुरुप आफ्नो सीमा नाघेर रोपाईमा रमाइलो गर्ने क्रममा उनले सहभागी एक महिलालाई जबरजस्ती अंगालो हाल्ने जस्ता कार्य गरेका थिए । पूर्व चिनजान भएजस्तो गरेर महिलालाई देख्ने बित्तिकै अंगालो हाल्ने जस्तो कार्य गरेपछि उनको पार्टीमा समेत ब्यापक आलोचना भएको थियो । अशोभनिय र अमर्यादित कार्य भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले मन्त्री पदबाट राजिनामा दिएका थिए ।
उनले एक रेडियोमा अन्तरबार्ता दिने क्रममा आफुबाट गल्ती नभएको बताएका थिए । आफु ६२ बर्षको बृद्ध मानिस भएको र आफुबाट हिंसाजन्य हुने केही काम नगरेर आफ्नै बचाउमा जुटेका पराजुलीले हर्कत गरेको दुई दिन पछि असार १७ गते पदबाट राजिनामा दिएका थिए ।
अहिले पनि असार १५ आउँदा तत्कालिन कृषिमन्त्री पराजुलीको त्यो चर्चा हुने गरेको छ । कतिले त अझै सामाजिक सञ्जालमा तस्वीर राख्दै ब्यङ्ग समेत गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]