अनेरास्ववियूद्वारा वृक्षरोपण

Logo
आइतबार, आषाढ १४, २०७७

विराटनगर । जननेता मदन भण्डारीको ६९ औं जन्मदिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियूले रतुवामाईको महेन्द्र माविमा वृक्षरोपण गरेको छ ।
अनेरास्ववियू केन्द्रीय निर्वाचन आयोग अध्यक्ष भाष्कर खनालको अगुवाईमा सम्पन्न वृक्षारोपण कार्यक्रममा मोरङ जिल्ला सह संयोजक टेकेन क्षेत्री, अनेरास्ववियू धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य नवराज घिमिरे, महेन्द्र मोरङ क्याम्पस कमिटी सचिवालय सदस्य आशिका लम्साललगायत अन्य विद्यार्थीका नेताहरुको उपस्थिति रहेको थियो । विद्यालयको खाली जमिनमा अनेरास्ववियूले वृक्षारोपण गरेको थियो ।
सो अवसरमा निर्वाचन अध्यक्ष खनालले संगठनले फरक फरक परिवेशमा गर्दै आएको वृक्षारोपणलाई निरन्तरता दिएको बताए । उनले संविधान दिवस, गणतन्त्र दिवसका लगायतका विविध अवसरमा वृक्षारोपण गरिँदै आएको पनि उल्लेख गरे । अनेरास्ववियू मोरङ सह संयोजक टेकेन क्षेत्रीले जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा आइतबार ५० वटा भन्दा बढी विरुवा रोपिएको बताए । उनले रोपिएका विरुवाहरुको संरक्षण गर्नुका साथै मरेका विरुवा भएका ठाउँँमा पुनः वृक्षारोपण गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]