कैलालीमा एक बर्षमा थपिए सशस्त्रका सात बिओपी

Logo
आइतबार, आषाढ १४, २०७७

विराटनगर । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले देशैभर सीमा सुरक्षा पोष्ट (बिओपी) स्थापना गर्ने अभियानलाई सक्रिय बनाएको छ । बिभिन्न प्रदेशका जिल्लाहरुमा सशस्त्र प्रहरीले स्थानीय तहसँग समन्वय र सहयोग लिएर बिओपी थप्ने कार्यलाई जारी राखेको छ ।
पछिल्लो समय सुरक्षा संवेदनशिलता र नेपाल भारतबीचका सीमा विवादका बिषय सार्वजनिक भएपछि सशस्त्रले मुलुकका धेरै स्थानहरुमा बिओपी राख्ने क्रमलाई निरन्तरता दिएको छ । सरकारले थप ५३० स्थानमा नयाँ बिओपी थप्ने निर्णय गरिसकेको छ ।
यसैबीच सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा एकबर्षको अवधिमा सात नयाँ बिओपी थपिएका छन् । एक बर्षअघि सम्म मात्र जिल्लाको खकलौरा, भजनी र फुलबारीमा मात्र शसस्त्रको बिओपी थिए । तर पछिल्लो एक बर्षको अवधिमा कैलालीको बन्दराकटान, जुगेरा, खोनपुर, हिक्मतपुर, श्रीलंका टापु, भुईयाफाँटा र कुसुमघाटमा सशस्त्रको नयाँ बिओपी स्थापना भएका छन् । स्थानीय तहसँग समन्वय गरेर सशस्त्रले आवास लगायतका बस्तोबस्ती गरेको छ ।
कैलाली जिल्लामा मात्र एकसय एक किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको थियो । सो हिसाबले एक बिओपीको भागमा ३४ किलोमिटर क्षेत्र हेर्ने जिम्मेवारी पर्र्थो । तर अहिले एउटा बिओपीले १० किलोमिटर क्षेत्र हेर्ने गरेको सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिउसिनाले विराटपथलाई बताए । ‘हाम्रो उपस्थितिलाई सबैले सहयोग गरेका छन् । जनतामा उत्साह र खुशी छ ।’ तिउसिनाले भने, ‘कोविडको महामारीको अबस्थामा सीमामा एकसय २१ वटा पोष्टबाट निगरानी र सुरक्षा गर्र्यौ ।’
आइतबारमात्र कैलालीको भजनीमा निर्माण गरिएको नयाँ भवनमा सशस्त्रको बिओपी टोली सरेको छ । भजनी नगरपालिकाको सहयोगमा निर्माण गरिएको भवन सीमाबाट करिब ५० मिटरको आसपासमा रहेको छ । सो भवनको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले हस्तान्तरण गरेका थिए । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, नगरपालिकाका उपप्रमुख छायाँ देबकोटा, सशस्त्र प्रहरी बल, बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]