News flash

विराटपथ

आइतबार, आषाढ १४, २०७७

भैरहवा । शनिबार एकैसाथ नेपाल प्रवेश गरेको सलह किरा त्यति खतरनाक नभएको बताइएको छ । बिशेष गरि मकैबारीमा सलह बसेपनि अहिलेसम्म त्यसले त्यस्तो नोक्सानी नगरेको सम्बन्धित अधिकारीले बताएका छन् ।
पाकिस्तानबाट भारतको पन्जाब, हरियाणा, राजस्थान र गुजरातमा प्रवेश गरेर किसानको खेतिपाती नस्ट गरेको सलह शनिबार एकै साथ नेपाल प्रवेश गरेको थियो । प्रदेश ५ मा सलहको बथान बुटवल रामनगर स्थित नेपाली सेनाको ब्यारेकमा देखिएको थियो ।
प्रदेश ५ कृषि मन्त्रालयको बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले अहिले प्रदेश ५ मा देखिएको सलह त्यति खतरनाक नदेखिएको जानकारी दिइन् । अधिकारीले भनिन, ‘अहिले सम्म क्षति पुराएको छैन । सलह उडिरहने हो । दिनभर उड्ने, साँझपख बस्ने हो । तरपनि खाद्य सुरक्षाको हिसाबले भने धानको बीउ जोगाउन जरुरी छ ।’
शनिबार साँझ पाल्पामा बाँस बसेको सलहको बथान आईतबार दिउसो तीन दिशातिर बाँडिएको छ । झयाङला स्मार्ट कृषि कार्यक्रमका संयोजक चोपलाल गिरीले दिएको जानकारी अनुसार अहिले सलहको बथान तीन दिशातर्फ बाँडिएर गएको हो । गिरीले भने, ‘एउटा हुल तानसेन तिर गयो, अर्काे हुल छहरा, कचल हुँदै पश्चिम तिर लागेको छ भने एक हुल गाउकै ठुलापाटा, झयाङला, बगाह, खुरसाने क्षेत्रमा छ ।’
गाँउतिर मकै पाक्ने समय भएको छ भने धान भर्खरै रोपेको अवस्था छ । सलह किरा सो क्षेत्रमा प्राय मकैबारीमा बसेका छन् । तर सलहले यतिबेला सम्म मकै र धानमा खासै असर गरेको छैन ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल