विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको गोठगाँउमा गुडिरहको यात्रुवाहक बसमा आगो लागेको छ । गुडिरहेको बसमा आगो लागेपनि यात्रुहरु सकुशल रहेको प्रहरीले बताएको छ ।
धरानबाट काँकरभिट्टा जादै गरेको जलहरि यातायात प्रालिको को १ ख ६८४१ नम्बरको बसमा गुडिरहको अवस्था मै आगलागी भएको थियो । आगलागीबाट बसको इन्जिनमा सामान्य क्षति पुगेको छ ।
बसमा आगो लाग्ने बित्तिकै यात्रुहरु आत्तिएका थिए । आगलागीबाट बसको चालक नजिकै रहेको इन्जिनका भागहरु जलेको छ । आगलागीबाट अन्दाजी दुई लाख भन्दा बढिको क्षति भएको बसका सञ्चालकले जनाएका छन् ।