News flash
संचार प्रतिष्ठान गठन प्रक्रियाबारे युनियनको चासो

आयोग उपाध्यक्षको भनाईप्रति आपत्ति

विराटपथ

आइतबार, आषाढ १४, २०७७

विराटनगर । प्रदेश १ मा प्रादेशिक संचार प्रतिष्ठान गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ ।
मुख्यमन्त्री राईसँग आईतबार युनियनका पदाधिकारीको टोलीले भेट गर्दै प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेको हो । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने तयारी थालेको छ । सो भेटमा प्रेस युनियनले आफ्नो संस्थाको तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरेको युनियनका मोरङ अध्यक्ष कुमार लुईटेलले विराटपथलाई बताए ।
युनियनका प्रदेश १ का संयोजक लिलावल्लभ घिमिरेले मन्त्री नै अध्यक्ष रहनुभन्दा पनि पत्रकारिता क्षेत्रमा लामो समय काम गरी योगदान दिएकालाई स्थान दिंदा उचित हुने सुझाव दिएका थिए । घिमिरेले प्रतिष्ठान नै नभएको सन्दर्भमा मन्त्रीकै अध्यक्षतामा भएपनि प्रतिष्ठान स्थापना हुनु खुसीको कुरा भएका जनाउँदै प्रतिष्ठानलाई समावेशी बनाएर लैजान आग्रह गरे ।
भेटमा युनियनका पूर्व उपाध्यक्ष शेखर रेग्मी, सल्लाहकार शंकर खरेल लगायतले प्रदेश सरकारले प्रतिष्ठान बनाएर पत्रकारलाई विभिन्न कार्यक्रम र प्रशिक्षण दिनुपर्ने, उपचार कोषको स्थापना गर्नुपर्ने सुझाव दिए ।
आयोग उपाध्यक्षको भनाईप्रति आपत्ति
प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले संचारसंस्थाबाट हटाइएका पत्रकारको विषयमा सामाजिक सञ्जालमा ब्यक्त गरेको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । उपल्लो दर्जाको सरकारी व्यक्तिको लागि अशोभनीय भएको भन्दै मुख्यमन्त्री राईसंग युनियनका पदाधिकारीले क्षोभ समेत प्रकट गरेका छन् ।
मुख्यमन्त्री राईले प्रदेश सरकार संकटमा परेका पत्रकारको साथमा रहने र प्रतिष्ठानलाई पनि व्यावसायिक पत्रकारिताको विकासको लागि सक्रिय गराउने बताए । उनले भने, ‘कोभिड १९ का कारण संचार क्षेत्रमा परेको असरबारे हामी जानकार छौं । प्रदेश १ सरकार संचारक्षेत्रलाई बचाउन संधै चिन्तित पनि छ । प्रतिष्ठानलाई समावेशी र सबैको प्रतिनिधित्व हुने बनाउने नै योजना छ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल