प्रदेश सांसदका स्वकीयले गरे आत्महत्या

Logo
आइतबार, आषाढ १४, २०७७

विराटनगर । सुनसरीको धरानमा २८ बर्षिय प्रताप भट्टराईले आत्महत्या गरेका छन् । धरान १४ विजयपुरको नारायणपुरमा बस्दै आएका काँग्रेसका क्षेत्रीय सदस्य समेत रहेका भट्टराई प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव पनि हुन । उनले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका भट्टराई पछिल्लो समय काँग्रेसको राजनीतिमा सक्रिय थिए । धरान १४ नारायणपुरस्थित आफ्नै घरमा उनले पहेलो रंगको रामनामीको पासो लगाएर आत्महत्या गरेका थिए । नेपाली काँग्रेस नगर सचिव श्याम पोख्रेलका अनुसार भट्टराईको शव कोठामा रहेको पङ्खामा पहेलो रामनामीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको थियो ।
मृतक भट्टराईको श्रीमती र छोरी माइती गएको कारण कोठामा एक्लै थिए । करिब साढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको थाहा पाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]