भारतीय रुपैयासहित एक महिला पक्राउ

Logo
शुक्रबार, आषाढ १२, २०७७

विराटनगर । प्रहरीले विराटनगरबाट भारतीय रुपैयासहित एक महिलालाई पक्राउ गरेको छ । विराटनगर १५ रानीबाट दुईलाख भारतीय रुपैयासहित २५ बर्षिया कोरेसा खातुन पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खातुनलाई रानी नाकाबाट पक्राउ गरेको हो । उनी विराटनगर १७ को बासिन्दा हुन । खातुनको साथबाट पाँचसय दरका चारसय थान भारतीय नोट फेला परेको थियो । पक्राउ परेकी खातुनलाई भारतीय नोट सहित आबश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]