News flash

विराटपथ

शुक्रबार, आषाढ १२, २०७७

विराटनगर । मोरङको कानेपोखरीमा स्कोर्पियोको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम सडकखण्ड अन्तरगर कानेपोखरी ७ मा बिहीबार राति आठ बजे भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । पथरीबाट इटहरीतर्फ जाँदै गरेको स्कोर्पियोले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बा १४ च ९६४३ नम्बरको स्कोर्पियोले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता मानबहादु राईले जानकारी दिए ।
दुर्घटनापछि उनीहरूलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याउँदै गर्दा बाटो मै मृत्युु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि उक्त स्कोर्पियोले एक पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो । महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।
स्कोर्पियो चालक इटहरीका महेन्द्रबहादुर थापालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल