News flash

विराटपथ

बिहिबार, आषाढ ११, २०७७

इनरुवा । कोशी ब्यारेजको सप्तरी खण्डमा चट्याङ लागेर बिहीबार बिहान दुई जनाको मृत्यु भएको छ । घरमा पुजा लगाएर फुलपाती सेलाउन कोशी ब्यारेज पुगेका उनीहरुको बिहीबार विहान परेको चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीले भारदहतर्फको क्षेत्रमा जोड आवाज सहित चट्याङ परेको जनाए । चट्याङ लागेर मृत्यु हुनेमा महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव रहेका छन् । जिल्ला प्रहरी कार्याल्य सप्तरीका अनुसार उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।
बिहीबारमा मात्र सप्तरीमा चट्याङ लागेर बिहीबार बिहान सप्तरीमा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने एक किशोरी गम्भीर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको छ ।
चटयाङ लागेर गम्भीर घाइते रहेका राजगढ गाउँपालिका बेल्ही चपेनाका ४५ वर्षीय केसीलाल साहको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको छ । यस्तै आँगनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल