विराटनगर । सर्जिकल मास्कको कालोबजारी विरुद्ध ‘अपसेन’ जारी राखेको नेपाल प्रहरीले सोमबार ठूलो परिणाममा तस्करीका लागि राखिएको माक्स बरामद गरेको छ । शनिबार मात्र काठमाण्डौको डल्लुबाट करिब एक लाख ६८ थान माक्स बरामद गरेको प्रहरीले सोमबार उपत्यकाको सतुङगलबाट ८ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । प्रहरीले उक्त आरडीजी ट्रेडर्सबाट प्रहरीले मास्क बरामद गरेको हो ।
महानगरीय प्रहरी बृत थानकोट, महानगरीय प्रहरी प्रभाग बलम्बु र महानगरीय प्रहरी परिसर टेकुको संयुक्त टोलीले चन्द्रगिरी नगरपालिका १० मा रहेको एक गोदामबाट करिब ८ लाख ३० हजार थान सर्जिकल माक्स बरामद गरेको हो । थानकोट बृतका डिएसपी घनश्याम श्रेष्ठका अनुसार रोहित श्रेष्ठको घरमा रहेको गोदामबाट ती माक्सहरु बरामद भएका थिए । प्रहरीको अप्रेसनमा सो नगरपालिकाका प्रमुख घनश्याम गिरी समेत रहेका थिए ।
बिशेष सूचनाका आधारमा परिचालिच प्रहरीले शुरुमा आफु माक्सको कारोबारी भएको बताएको थियो । नेपालका बिभिन्न स्थानमा संकलित माक्स चीन निकासी हुने पत्तो पाएको प्रहरीले आफुहरु ब्यापारी भएको र सो माक्स चीन पठाउने बताएको थियो । स्थानीय एक पसलबाट भएको माक्सको मोलमलाईले सम्बन्धित गिरोह सम्म पुग्न सहयोग पुगेको प्रहरीको भनाई छ । प्रहरीले आफुलाई ३० लाख माक्स चाहिएको र प्रति माक्स ३० रुपैया सम्ममा खरिद गर्न सकिने बताएको थियो । सो गोदामबाट १७५ बोरा माक्स बरामद भएको छ ।
प्रहरीका अनुसार सर्जिकल माक्स कालोबजारीमा पक्राउ पर्नेमा कपनमा पोते पसल सञ्चालन गर्दै आएका अजिम मिया, प्लाष्टिक उद्योग सञ्चालन गर्दै आएका सञ्जनकुमार रेग्मी, आरडीजी सप्लायर्सका सुरज गोयल र सुवास महेश्वरी रहेका छन् ।