News flash

विराटपथ

बुधबार, आषाढ १०, २०७७

सुनसरी । प्रहरीले लागुऔषध र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका २० बिष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंगसहित धनकुटा सहिदभुमि १ घर भई हाल धरान ११ बस्ने २९ बर्षीय नन्दीमान राई, धरान ११ बस्ने १९ बर्षीय दिनेश भन्ने सबिन राई र उदयपुरको कटारी नगरपालिका २ ताप्ली घर भई हाल धरान ११ बस्ने २० बर्षीय सागर राईलाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले टोलीले मंगलवार साँझ ६ बजे बिष्णुपादुकाबाट धरान तर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्याम्पोमा लुकाई राखेको अबस्था बिभिन्न सामाग्री बरामद गरेको हो । ट्याम्पोकोे सिटमुनि सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २४५ ग्राम अवैध लागुऔषध गाँजा, जंगली जनाबर कालिजको कालो रंगको प्वाख जस्तो देखिने बस्तु १८ थान, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स साना सिंग ४ थान र कस्तुरी मृगको सिंग जस्तो देखिने छाला सहितको सिंग २ थान बरामद गरेको हो ।
पक्राउ परेका मध्ये नन्दीमान राई ट्म्यापो चालक रहेका छन् । अन्य दुई भने ट्म्यापोमा सवार रहेको प्रहरीको भनाई छ । पक्राउ परेकाका बिषयमा थप अनुसन्धान भईरहेको तथा जंगली जनवारको अंगहरु कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल