News flash

विराटपथ

बुधबार, आषाढ १०, २०७७

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७ ०७८ का लागि तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ । महानगरको बुधबार शुरु भएको छैठौं नगर सभामा उप–प्रमुख इन्दिरा कार्कीले तीन अर्ब बढीको बजेट सार्वजनिक गरेकी हुन् ।
महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० प्राप्त हुने अनुमान गरेको छ । प्रस्तुत बजेट मध्ये संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरिएको छ ।
महानगरले सङ्घीय सरकारसँग सशर्त अनुदानबाट एक अर्ब दुई करोड नौ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट दुई करोड १० लाख नौ हजार एकसय ८०, सङ्घीय सरकारसँग बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट तीन करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख ७८ हजार एकसय ८० र जनसहभागिताबाट नौ करोड ६२ लाख पाँच हजार रुँपैया आयको अनुमान गरेको छ ।
प्रस्तुत बजेटमा महानगरपालिको प्रशासनिक खर्च तर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्याडफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको छ ।
त्यस्तै महानगरले नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ दुई करोड नौ लाख २४ हजार र भौतिक पुर्वाधार निर्माण लगायतका अन्य पुँजीगत खर्च तर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल