विराटनगर । पूर्व प्रेमिकालाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा पक्राउ परेका मोरङ सुन्दरहरैचा १० का सविन पराजुलीबिरुद्ध मुद्धा दायर गरिएको छ । उदयपुर बेलका नगरपालिका २ निवासी श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा पक्राउ परेका सविनबिरुद्ध जिल्ला अदालत मोरङले सातदिन म्याद थप गर्न अनुमति दिएको हो ।
अनुसन्धानका लागि सोमबार प्रहरी नियन्त्रणमा रहेका सविनलाई मंगलबार अदालतबाट म्याद थप गरेको हो । विराटनगर–३ मा डेरा गरि बस्ने २४ वर्षीया स्वेतासँग प्रेम सम्बन्धमा रहेका सबिनले विवाह गर्न नमानेपछि उनको अर्को विवाहको तयारी भएको थियो । अर्को विवाहको तयारीमा जुटेको परिबारले इन्गेजमेन्टको मिति समेत तय गरेको थियो । स्वेताले इन्गेजमेन्टको एक दिन पूर्व आत्महत्या गरेकी थिइन् ।
अर्कै युवकसँग विवाहको तयारी थाहा पाएपछि पराजुलीले उनमाथि दवाव सिर्जना गर्दै आएका थिए । उनले आफुसँग भएका पहिलाको तस्बीरहरु सार्वजानिक विवाह गरेका थिए । आफन्त पर्ने बहिनी मार्फत उनी विवाहका लागि तयार भएका युवकसम्म पुर्याएका थिए । सोही कारण आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै पीडित परिवारले जाहेरी दिएका थिए ।
पराजुलीलाई मोरङ अदालतमा आत्महत्या दुरूसाहन मुद्दामा ७ दिनको लागि म्याद थप गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले विराटपथलाई बताए ।