News flash

विराटपथ

सोमबार, आषाढ ०८, २०७७

विराटनगर । विराटनगरमा एक २४ बर्षिय युवतीले आइतबार साँझ झुन्डिएर आत्महत्या गरेकी छन् । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले झुन्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
तर उनको आत्महत्याको कारण भने आत्महत्या दुरुत्साहन भएको परिवारको भनाई छ । सोमबार उनको विवाहका लागि इन्गेजमेन्ट तयारी थियो । तर इन्गेजमेन्ट हुनु एक दिन अघि नै उनले आत्महत्याको बाटो रोज्नु विवशता भएको परिवारको दावी छ । परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सोमबार सबिन पराजुलीलाई नियन्त्रणमा लिएको छ ।
‘हो हामीले पराजुलीलाई केही बिषयमा बुझ्नका लागि जिल्लामा राखेका छौ ।’ मोरङ प्रहरीका डिएसपी एंव प्रवक्ता मानबहादुर राईले विराटपथसँग भने, ‘मृतक पोखरेल परिवारले दिएको सूचनाका आधारमा पराजुलीलाई बोलाएका हौ । थप बिषय पछि थाहा पाइहाल्नु हुन्छ ।’
विराटनगर–३ भट्टाचोकमा कोठा भाडामा लिएर बस्दै आएकी उनी नजिकैको सौर्य बचत तथा ऋण सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत स्वेताको आत्महत्याको प्रमुख कारण सविन पराजुलीसँगको प्रेम सम्बन्ध भएको नजिकबाट बुझ्ने बताउँछन् । केही समय अघि सम्म सविन सोही सहकारीमा सँगै काम गर्थे । क्याम्पसमा समेत सँगै अध्ययन गरेका उनीहरु बीचमा करिब तीन बर्षदेखि प्रेम सम्बन्ध रहदै आएको बताइएको छ ।
सबिनसँग प्रेम सम्बन्ध रहेपनि उनले विवाह गर्न नमानेपछि बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाहको टुङ्गो लागेको थियो । विवाह हुने युवकले समेत स्वेता र सविनको प्रेम सम्बन्धको बिषयमा थाहा पाएपछि उनले इन्गेजमेन्टको एक दिन पूर्व किन आत्महत्या गरेको बताइन्छ । तर उनको आत्महत्याको प्रमुख कारण के हो, अहिलेसम्म नखुलेको प्रहरीको भनाई छ ।
‘सुसाइट नोट छैन । अहिले नै यो कारण हो भन्ने अबस्था छैन ।’ डिएसपी राईले भने, ‘हामीले यो बिषयलाई गम्भीर तवरले हेरेका छौ । उनीहरु बीचमा समाजिक सञ्जालमा भएका वार्तालापदेखि अन्य कुरालाई नोटिसमा राखेका छौ ।’ उनले अहिलेसम्म किटानी जाहेरी नपरेपनि पीडित परिवारकै सूचनामा सविनलाई प्रहरी कार्यालय ल्याएको जानकारी दिए ।
स्रोतका अनुसार मृतकको बहिनी सरिता पोखरेलको जाहेरीका आधारमा आत्महत्या दुरुत्साहन गरेको जाहेरी परेको छ । तर प्रहरीले तथ्य बुझेर मात्र जाहेरी दर्ता गर्ने मनसाय बनाएको छ । सुन्दरहरैंचा–१० का प्रेमी सबिनलाई मृतक स्वेताले विवाहका लागि बारम्बार आग्रह गरेकी थिएन् । तर, श्वेतासँग जीवन बिताउने सोच नराखेका सबिन उनीसँग तत्काल विवाहको लागि राजी भएनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा दोस्रो केटासँग मागि विवाह गर्ने निचोड निकालिन् र सोमबार इन्गेजमेन्ट र असार १४ गते विवाह बन्धनमा बाँधिने निर्णयमा दुवै परिवार पुगेको थियो ।
त्यसपछि, यो बिषय थाहा पाएर पूर्वप्रेमी सविनले विवाह भाँड्ने योजनाका साथ आफूसँगै बिताएका पुराना तस्वीरहरु बाँड्न थालेको बताइन्छ । श्वेताको विवाह हुने युवकको घरसम्म बहिनी नातामा पर्ने युवतीबाट फोटो पुगेपछि घटनाले बिस्तारै गभ्भीर मोड लिएको स्रोतको भनाई छ ।
इन्गेजमेन्टको अघिल्लो दिनसम्म पनि श्वेतामाथि सबिनले निक्कै दवाव दिएको पारिवारिक श्रोतको भनाई छ । स्वेतासँग विवाह गर्न तय भएका युवकले समेत स्वेतालाई पहिलो प्रेमीसँग यतिधेरै माया साटिईसकेको रहेछ, अब विवाह नगरौं भनेपछि उनी थप दवावमा परेको बताइन्छ । डिएसपी राईले यो घटनाको बिषयमा बहुपक्षिय तवरले अनुसन्धान भइरहेका बताउँदै आत्महत्या दुरुत्साहन नै भएको भए प्रहरीले कारवाही प्रक्रिया अघि बढाउने बताए । उनले स्वेता र सविनबीचको प्रेम सम्बन्ध लगायत अन्य बिषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल