News flash

विराटपथ

आइतबार, आषाढ ०७, २०७७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भान्छामा प्रयोग हुने बेसार लगायतका मसलाजन्य बस्तुको बिषयमा भएको आलोचनाको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखि चल्दै आएको समेत जनाएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार राष्ट्रिय योग अभ्यासक्रम नामक पुस्तकको बिमोचनको क्रममा उनले बेसार लगायतका बस्तुहरुको उपयोग अनुभवमा आधारमा रहेको बताए । उनले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औयधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै भने, ‘आफ्नो भान्छामा के के चिज प्रयोग भएका हुन् ? ती किन प्रयोग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुस् ।’
प्रधानमन्त्री निवास वालुवाटारस्थित एक्सन रूमबाट सो पुस्तक विमोचनका क्रममा उनले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिए । प्रधानमन्त्री ओलीले हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको जनाउँदै रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गरि, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल