News flash

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

विराटनगर । कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सीयाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो ।
चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ । खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । तर उक्त खोपले उनीहरुलाई कोरोना संक्रमण भने नहुने बताइएको छ ।
खोपको सोमबार परीक्षण गरिने भएपनि विज्ञहरुका अनुसार पुरै परीक्षण गरेर खोप तयार गर्न १ वर्ष भन्दा बढी समय लाग्न सक्छ । अमेरिकास्थित ‘द नेशनल इन्स्टिट्युट अफ हेल्थ’ले यस खोप परीक्षणका लागि खर्त उपलब्ध गराउने बताइएको छ ।
परीक्षण गर्न लागिएको भ्याक्सीनलाई (mRNA-1273)  नामकरण गरिएको छ । – एजेन्सीको सहयोगमा

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल