News flash

विराटपथ

बुधबार, आषाढ ०३, २०७७

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा शनिबार भारतबाट १७ जना नेपाल स्वदेश फर्किए । उनीहरु सीमावर्ती भारतको फुलवरियाको स्थलमार्ग हुँदै नेपाल प्रवेश गरे । त्यसरी खुल्ला सीमा नाका हुँदै अहिले पनि स्वदेश फर्कने धेरै छन् ।
रतुवामाई नगरपालिका २ को घररु चोकबाट मात्र होइन, पूर्वी मोरङको खालगाछी र झापाको गौरीगञ्जबाट नेपाल प्रवेश गर्नेहरु धेरै छन् । सोही नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा बसेका ९ जनालाई बुधबार पनि कोरोना भाइरस संक्रमणको पुष्टि भयो । थपिएको यो संख्या सँगै रतुवामाईमा कोरोना संक्रमितको संख्या बुधबार सम्ममा ५६ पुग्यो । नेपाल प्रवेशका लागि स्थलमार्ग हुँदै सयौ नेपालीहरु स्वदेश फर्किसकेका छन् । रतुवामाई नगरपालिकाले मात्र बिभिन्न ५ वटा विद्यालयलाई क्वारेन्टिन बनाएको छ । गत आइतबार पनि सो क्वारेन्टिनमा रहेका २५ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।
ती सबै भारतको बिभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेका नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष साहले विराटपथलाई बताए । साहका अनुसार रतुवामाईमा मात्र हालसम्म ५६ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । ती मध्ये २ जना उपचारपछि डिस्चार्ज भएका छन् । रतुवामाईमा मात्र संक्रमित मध्ये प्राय सबै जना भारतबाट आएका हुन । बाँकी भने स्थानीय नै हुन । संक्रमित रतुवामाई नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ९ का बासिन्दा हुन । घर फर्किएकाहरु प्राय सबै रोजगारीका लागि भारत गएका हुन ।
‘हामीलाई खुल्ला सीमा नै प्रमुख कारण बन्यो । यहीका बासिन्दालाई संक्रमण छैन । प्रायसबै भारतबाट आएका हुन ।’ नगरप्रमुख रविन राईले भने,‘आएकालाई हामीले बिभिन्न बिद्यालयमा ब्यवस्थित गरेर राखेका छौ । हाम्रो स्रोत साधनले भ्याएसम्म सेवा दिईरहेका छौ ।’
क्वारेन्टिनमा राखिएकाहरुको क्रमश स्वाब संकलन गर्दै लैजाने नगरपालिकाले जनाएको छ । केही दिनभित्र सबैको स्याब संकलन गरिसक्ने योजना बनाएको नगरपालिकाले कोरोना संक्रमण मुक्त हुने प्रयास जारी राखेको छ । ‘प्रदेश सरकारले १० लाख दियो । बाँकी सबै आफ्नो स्रोत जुटाएर काम गरिरहेका छौ ।’ प्रमुख राईले भने,‘खान बस्ने लगायतको आधारभूत सुविधा दिएर क्वारेन्टिन सञ्चालन गरेका छौ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल