नक्कली प्रहरी बनेर रकम असुल्ने पक्राउ

Logo
बुधबार, आषाढ ०३, २०७७

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले नक्कली प्रहरी बनेर ब्यापारीसँग रकम असुल्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी हरिनगर गाँउपालिकाका २३ बर्षिय असरार अहमद मिँया रहेका छन् ।
प्रहरीका अनुसार हरिनगर गाँउपालिका २ को सडकखण्डमा अहमदले आफु घुमुवा प्रहरी भएको भन्दै ब्यापारीलाई धम्की दिदै रकम असुल्दै आएका थिए । घुमुवा प्रहरीको धम्की दिदै रकम असुल्दै गरेको भन्ने सूचना पाएको प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो । प्रहरी चौकी भुटाहाबाट गएको टोलीले उनलाई रकम असुल गरिरहेको बेला पक्राउ गरेको थियो ।
पक्राउ परेका अहमदबिरुद्ध प्रहरीले मुलुकी संहिता अन्तरगत अभद्र ब्यवहार मुद्धा दर्ता गराएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]