News flash

विराटपथ

बुधबार, आषाढ ०३, २०७७

विराटनगर । मदिरा सेवन गरि पर्साको एक बिद्यालयमा रहेको क्वारेन्टिनमा प्रवेश गरेर होहल्ला गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाँउपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय निचुटामा प्रवेश गरि अभद्र ब्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
रातको करिब १० बजे तिर बिद्यालयमा रहेको क्वारेन्टिनमा मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने सोही स्थानका २८ बर्षिय श्रीराम चमार, ३२ बर्षका अर्का श्रीराम चमार । २६ बर्षका रामबालक हजारा दुसादलाई प्रहरीले पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । उनीहरुले बिद्यालय परिसरमा प्रवेश गरि प्रहरीलाई समेत गाली गलौच र अभद्र ब्यवहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरु माथि सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल