News flash

विराटपथ

बिहिबार, जेठ २९, २०७७

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सामाजिक दूरी कायम गर्दै असार २ गते स्वदेश र विदेशबाट एक साथ सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित र प्रताडित भएको बेला सरकारले समयमै गम्भीरता नदेखाएको भन्दै काँग्रेसले बिरोध स्वरुप सरकारको ध्यानाकर्षण गराउन लगाएको हो । काँग्रेसले बिहीबार एक बिज्ञप्ति जारी गर्दै असार २ गतेको कार्यक्रम सार्वजनिक गरेको हो ।
लकडाउन भएको ८० औं दिनसम्म पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु र सरकारले मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बनाउँदै लगेको आरोप काँग्रेसको छ ।
कांग्रेसले संघीय संसद, संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष त्यस्तै प्रदेशसभा संसदीय दलको तर्फबाट सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा मुख्यमन्त्री मार्फत् प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको छ । यसैगरि ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् पनि प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् सरकारलाई ध्यानाकर्षण गराउन छ । यसअघि पार्टीका नेता रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल