News flash

विराटपथ

बिहिबार, जेठ २९, २०७७

विराटनगर । काठमाण्डौमा मात्र जारी सरकारविरुद्धको विरोध प्रर्दशन अब विराटनगरमा पनि शुरु भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने लगायतका माग राखेर युवाहरुले विराटनगरमा समेत प्रर्दशन गरेका हुन ।
उनीहरुले सरकारले गरिरहेको कार्य प्रभावकारी नभएको आरोप समेत लगाएका छन् । कोरोना रोकथाम र नियन्त्रणमा खर्च भएको १० अर्ब रुपैयाको हिसाब हुनुपर्ने बताउँदै युवाहरुले १० अर्ब खोई, आरडीटी होइन, पिसिआर परीक्षण, सरकार कि त जाग, कि त भाग जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।
हातमा नेपालको झण्डासहित स्वतस्र्फत प्रर्दशनमा उत्रिएका युवाहरुले प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रर्दशन गरेका थिए । उनीहरुले विराटनगर महानगरपालिकाको कार्यालयमा समेत प्रर्दशन गरेका थिए ।
चैत्र १ गतेदेखि लकडाउन शुरु भएयता युवाहरुले काठमाण्डौको वालुवाटारमा सरकारबिरुद्ध प्रर्दशन गर्दै आएका छन् । उनीहरुले केही दिन अघि पनि प्रर्दशन गरेका थिए । उनीहरुले आरडीटी परीक्षण रोक्नुपर्ने, थप गरिएको करको दायरा खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल