बिषाक्त मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख दिइने
जनकपुरधाम । खुल्ला तथा बिषाक्त मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नपाको रमदैया सहितको स्थानमा खुल्ला मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ लाख राहत उपलब्ध गराउने भएको छ ।
सोमबार विहानै शोकमग्न रमदैया पुग्नु भएका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरु प्रति समवेदना व्यक्त गर्दै प्रति मृतक परिवारलाई ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन । खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउ नु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए ।
उनले प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत जनाए ।
रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए । रमदैया पुगेको टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साह सहितको सहभागिता रहेको थियो ।