विराटनगर । मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउनलाई खुकुलो गर्दै भोलिबाट देशभरका बजार खोल्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तैगरि सवारी साधनलाई पनि जोर बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्ने खालको निर्णय लिने बताएका थिए । मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । भोलिबाट ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन हुनेछन् । तर ती सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुनेछन् ।
लामो रुटको सवारी साधानलाई भने हालका लागि अनुमति नदिने भनिएको छ । मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने सबै मोडालिटी भने बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।