News flash

विराटपथ

बुधबार, जेठ २८, २०७७

विराटनगर । प्रदेश १ को नामको बिषयले प्रदेशसभामा फेरि एक पटक चर्चा पाएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल चलेको बेला प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश १ को नामको बिषयमा प्रश्न उठाएको हो ।
सरकारको कार्यक्रम माथि प्रश्न उठाउँदै बुधबार प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका मुख्य सचेतक केदार कार्कीले अहिले सम्म प्रदेशले नाम नपाउनुको कारण माग गरेका थिए ।
मुख्य सचेतक कार्कीको प्रश्न थियो, ‘हरेक बिषयमा ठूलो दल र सरकारको मुख्य जिम्मेवारी छ । हामीले प्रदेशसभामा जिम्मेवार प्रतिपक्षको दृष्टिकोणबाट सहयोग गर्दै आएका छौ । मुख्यमन्त्रीले सहमति कायम गरेर अघि बढौ भन्नुभयो । हामीले मान्यौ तर अहिले सम्म किन प्रदेशले नाम पाएन ।’ उनले बजेट अधिवेशन वा हिउँदे अधिवेशन सम्ममा भएपनि प्रदेशको नामांकन आग्रह समेत गरे ।
सभामा उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले सकारात्मक र उचित सुझावलाई सरकारले ग्रहण गर्ने बताए । उनले नामांकनको विषय भने राजनीतिक दलसँगको सहकार्य र छलफलबाट टुंगो लगाइने जनाए ।
आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले बैठकमा भने, ‘सरकारले वा मन्त्रिपरिषद्ले निर्णय गरेर सदनमा सुनाउने विषय होइन । यो साझा प्रतिबद्धता छ । हिउँदे अधिवेशनबाट पूरा गर्ने वाचा गरिएको थियो तर कोभिड आयो । विषम परिस्थितिमा छौं । हामीले छिट्टै नै यो बिषयमा प्रवेश गर्नुपर्छ ।’
मुख्यमन्त्री राईले राजधानीका संरचना उपयुक्त ठाउँ समेत जनाए उनले उपयुक्त डिजाइन तयार गर्ने काम भइरहेको उल्लेख गर्दै जग्गाको टुंगो लाग्नासाथ आउँदो वर्षदेखि बजेट छुट्याएर संरचना निर्माणकै काम थाल्ने समते उल्लेख गरे ।
प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल चलेको थियो । छलफलमा ५२ प्रदेश सांसदले आफ्नो सुझाब राखेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल