News flash

विराटपथ

बुधबार, जेठ २८, २०७७

इनरुवा । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण बन्दाबन्दीको अबस्था रहेपनि तस्करका लागि भने रजाँई गर्ने अवसर बनेको छ । राज्यका सबै निकायको ध्यान कोरोना रोकथाममा केन्द्रीत भएका बेला सुनसरीका काठ तस्कर भने सरकारी वन माँस्न लागेका छन् ।
यसैबीच सुनसरी प्रहरीले लकडाउनको मौका छोपी काठ तस्करीमा संल्गन केहीलाई आइतबार र बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिकाबाट बुधबार पनि अबैध रुपमा लुकाई छिपाई राखेको ४७ क्युविक फिट सखुवाको काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका वन कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र १ मा रहेको कैलाश भुजेलको घर नजिकै लुकाई राखेको सो काठ बरामद गरेको हो । प्रहरीले बरामद काठलाई आबश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय सुनसरी पठाएको जनाएको छ ।
यसैगरि सुनसरी प्रहरीले आइतबार पनि बराहक्षेत्रबाट ६७ क्युविक फिट काठ सहित दुई जनालाई पक्राउ गरेको थियो । आइतबार राती करिब ११ बजे बराहक्षेत्रको नयाँ कोशी पुलबाट को १ ख ६९७४ नम्बरको टिपरमा अबैध रुपमा ल्याउँदै गरेका सखुवाको काठसहित बराहक्षेत्र ६ का अनिल सुब्बा र ४६ बर्षिय धु्रवप्रसाद गुप्तालाई पक्राउ गरेको थियो । गुप्ता काठ ओसारपसारमा संलग्न भएको प्रहरीको भनाई छ । उनीहरुले सरकारी वन फँडानी गरेर काठ तस्करी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले तस्करीमा संलग्न भएको आरोप लागेकाहरुलाई सबैलाई जिल्ला वन कार्यालय सुनसरीमा पठाएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल