News flash

विराटपथ

बुधबार, जेठ २८, २०७७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड – १९ को रोकथाम र नियन्त्रणका बिषयमा सरकारले गरिरहेका कामका बिषयमा संसदलाई जवाफ दिएका छन् । बुधबार बजेट छलफलको बिषयमा प्रतिनिधि सभाको बैठकमा जवाफ दिदै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको प्रसंङ्ग समेत जोडेका छन् ।
‘१० अर्ब खर्च भयो, कहाँ भयो, कहाँ गयो भन्ने प्रश्न छ’ प्रधानमन्त्री ओलीले संसदमा बोल्दै भने, ‘त्यस्को आफ्नै बिधि छ, प्रक्रिया छ । दिनैपिच्छै लेखा परिक्षण हुदैन । अहिले काममा केन्द्रीत छौ । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा केन्द्रीत छौ ।’
कोही पनि यो बिषम् परिस्थितिमा भष्ट्रचार गर्छु भनेर पर्खिएर नबसेको बताउँदै उनले थपे, ‘यस्तो अबस्था भष्ट्रचार गर्न कोही पर्खिएका हुँदैन, यो होएन । दुःखका साथमा स्थानीय तह र प्रदेशमा साथीहरु लाग्नुभएको छ । यस्तो बेला दिनैपिच्छै अन्यथा सोच्नु पर्ने कारण देख्दिन् ।’
प्रतिपक्ष लगायत सडकमा समेत १० अर्ब रकम बारेमा आवाज उठ्न थालेपछि प्रधानमन्त्रीले खर्च भएको रकमको हरहिसाब आफ्नै प्रक्रिया बाट आउँने समेत बताए । उनले भने, सबै हिसाब संसदमा समेत आउँछ । महालेखा छ । रुजु बेरुजु सबै आउँछ । अहिले हिसाबको चिन्ता नगरौ, कोभिडको चिन्ता गरौ ।’
भष्ट्रचार कै बिषयमा प्रधानमन्त्री ओलीको भनाई थियो, ‘कहि कतै नभएको हो भन्न सक्दिन, हुन सक्छ । भएकै छ भनेर म अहिले सोच्न सक्दिन । यस्तो बिषम् परिस्थितिमा कतैबाट त्यस्तो भएको भए कुनै हालत सह्य हुन सक्दैन ।’
ओलीले जहिले पनि अरुलाई लान्छित गर्ने प्रवृति रहेका बताउँदै कही कतै अनिनियता भएको भए सरकारले त्यसलाई नसहने र कारबाही गर्ने बताए । उनले अहिलेको बजेट स्वास्थ्य क्षेत्रमा नै केन्द्रीत भएकाो समेत स्पट पारे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ