News flash

विराटपथ

आइतबार, जेठ २५, २०७७

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय भगवती माबिको क्वारेन्टिनमा बसेकाहरुको स्वाब परिक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण फेला परेको हो । उनीहरु २७ र २८ बर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ । संक्रमित इनरुवा नगरपालिका २ र १० का बासिन्दा हुन । दुबै भारतको दिल्लीबाट केही दिन अघि स्वदेश फर्किएका थिए ।

शनिबार पनि सुनसरीको भोक्राहामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफमा भोक्राहा नरसिंह गाउपालिकाको क्वारेन्टिनमा बस्ने २ जना महिला र २ जना पुरुष गरी जम्मा ४ जनामा कोरोना पुष्टि जनाइएको थियो ।
यसैगरि आइतबार उदयपुरमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बेलका नगरपालिकाका २ र चौदण्डीगढी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित उनीहरु स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुमध्ये एक जना १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए । उदयपुर जानु अघि कोरोना परीक्षण गराएका उनको रिपोर्ट भने नेगेटिभ आएकोे थियो । कामको शिलशिलामा ३ दिन काठमाडौं बसेर पुनः उदयपुर फर्किएका उनलाई नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाई सकिएपछि घर पठाउनुभन्दा अघि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल