News flash

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

विराटनगर । कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगन भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो ।
घिमिरेले आइतबार पार्टीले बैठक स्थगनबारे निर्णय गरेको बताउँदै भने,‘कोरोना संक्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन र स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो ।’ कांग्रेसले रोगबारे मानिसहरुमा फैलिएको त्रास र बजारमा देखिएको सामानको अनाधिकृत मूल्यवृद्धि रोक्न सरकारले चासो दिन पनि आग्रह गरिएको सचिव घिमिरेले बताए ।
कांग्रेसले समेत आफ्ना भ्रातृसंगठनमार्फत कोरोनाबारे जनचेतनालगायत कार्यलाई भने निन्तरता दिने तयारी थालेको घिमिरेले जानकारी दिएका छन् । केन्द्रको निर्देशनअनुसार ठूलो संख्यामा भेला भएर गर्ने कार्यक्रमहरु भने हुने छैनन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल