News flash

विराटपथ

शुक्रबार, जेठ २३, २०७७

विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७७ /७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीबाट उत्पन्न भएको संकटबाट मुक्त हुने पहिलो दायित्व मानेको प्रदेश सरकारले किसानलाई राहत प्याकेज र वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने जनाए । प्रदेश प्रमुख ‘प्यासी’ ले वर्ष २०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरे । उनले कोरोनाका कारण विश्वका विभिन्न भागबाट नेपाल फर्कने प्रदेशका युवाका लागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत जनाए ।
प्रस्तुत गरिएको नीति कार्यक्रममा रोजगारी गुमाएर आउने युवालाई लक्षित गर्दै उत्पादनशिल, उद्योग तथा भौतिक विकासमा उच्च प्राथमिकता दिदैं शिक्षा, सुरक्षा र सुशासनलाई उचित प्रबन्ध गरिने उल्लेख छ ।
त्यस्तै कोरोना भाइरस महामारीले खडा गरेको चुनौती र सम्भाविंत महामारीसँग जुध्न बिरामीको उचित उपचार, ब्यवस्थापन र सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना जस्ता कार्यक्रम समाबेश गरिएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल