News flash

विराटपथ

शुक्रबार, जेठ २३, २०७७

इनरुवा । सुनसरीमा थप १६ जनामा कोरोना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका १६ जना सँगै सुनसरी कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ ।
सुनसरीको हरीनगर क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपाली नागरिक हुन । हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अंसारीले युपी लगायतका स्थानबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको बताए । उनले विराटपथसँग भने, ‘प्राय सबै विद्यार्थी हुन ।’
हरिनगर गाँउपालिकाको क्वारेन्टाइनमा भारतबाट आएका ६५ जना रहेका छन् । गाँउपालिकाको स्वास्थ्यकर्मी मिठ्ठु श्रेष्ठले १९ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको बताइन् । उनले क्वारेन्टाइनमा रहेका अन्यको पनि पिसिआर गरिने जानकारी दिइन् । संक्रमति एकजना भुटाहाका रहेका छन् भने बाँकी सबै हरिनगरका रहेका छन् । १४ बर्षको बालकदेखि ४७ बर्षको पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसैगरि बर्जु गाउँपालिकामा समेत थप ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसै गरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिकाकी एक बालिकामा पनि कोरोना पुष्टि भएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ । उनीहरूको स्वाबको नमुनाको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला कोसी अस्पताल विराटनगरमा गरिएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल