

अस्पतालमा डाक्टरको प्रतीक्षामा थिएँ । म नजिक बसेको एउटा फुच्चे मोबाइलमा गेम खेलिरहेको थियो । एक्कासि मोबाइलको घण्टी बज्यो ।
´ मामु फोन !´ फुच्चे फोन दिन आमातिर लम्कियो । जसकी आमा मनजिक बसेकी थिइन् ।
´कसको फोन ?´ आमाले जिज्ञासा राखिन् ।
´कुकुरको !´ फुच्चेको कुरा सुनेर छेउछाउका सबै हाँसे । म नजिक रहेकी फुच्चेकी ममीको अनुहार केही अँध्यारो भयो । उनले हत्तनपत्त मोबाइल हातमा लिएर हड्बडाउँदै फोन काटिन् ।
हो नै ,फुच्चेले बोकेको मोबाइलको पर्दामा कुकुर शब्द पिलिकपिलिक नाचिरहेको थियो । रमाइलो लाग्यो ,कौतुहलता राखें -´बहिनी, कुकुरले पनि मोबाइल बोक्छ ?
´ के गर्ने दाइ ,नाम मात्र भगवानको भएर के गर्नु ?, बानीबेहोरा कुकुरको भएपछि ? अनि उसको नम्बर नाम नलेखेर कुकुर भनेर सेभ गरेकी ।´ उनी हाँसिन् ।
´ `अनि कुकुरलाई किन मोबाइलमा पालिराखेको त ? ब्लक हानिदिनु नि !´अर्ती दिन पैसा लाग्दैन निशुल्क सल्लाह दिएँ ।
`कतिपयलाई यसरी सेभ गर्दा ´नि आनन्द आउँछ ! यो उठाउने फोन हैन दाइ` हेर्ने मात्र हो । आफ्नो मोबाइलको स्कीनमा कुकुर भन्ने शब्द पिलिकपिलिक नाच्दा पनि मलाई रमाइलो लाग्छ ।´उनी प्रफुल्ल भइन् ।
आनन्दको विविध रूप उनको `आइडिया´ रमाइलो लाग्यो । अनुमान गरें, कति रिस उठेको रहेछ त बिचरीलाई त्यो मान्छेदेखि । केही कारण त पक्कै होला !
०००