विराटनगर । ताप्लेजुङको सिरिजंघा ४ फुन्द्रुवा बस्ने एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । ३६ बर्षीया खड्गीमाया भट्टराईको भीरबाट लडेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बिहिबार बिहान घरबाट करिब दुई किलोमिटर टाढा पर्ने निगुरे खेतमुनिको भीरमा घाँस काट्न गएकी खड्गीमाया भीरबाट लडेको प्रहरीको भनाई छ । दिउँसो सम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा उनी निगुरे खेतमुनिको भीरमा मृत अवस्थामा फेला परेकी थिएन् । ईलाका प्रहरी कार्यालय तेल्लोकले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।