विराटनगगर । म्यानमारमा अलपत्र २६ जना नेपाली नागरिक शुक्रबार स्वदेश फर्किएका छन् । ती मध्ये प्रदेश १ का ४ जना रहेका छन् । लकडाउन तथा सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि उनीहरु म्यान्मार मै रहेका थिए ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । म्यान्मारमा अलपत्र नेपालीहरु शुक्रबार बिहान म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।
म्यानमारबाट फर्किएकामध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशका रहेका छन् । वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४ र ४ जना र प्रदेशका ५ का एक जना रहेको नेपाली सेनाले जनाएको छ । । उनीहरुलाई बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गरेर सेनाले होल्डिङ सेन्टरसम्म गाडीमा ल्याएको थियो ।
म्यान्मार एयर फोर्सको उक्त विमानले नेपालबाट फर्कने क्रममा काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लगेको छ ।