विराटनगर । सुनसरी प्रहरीले आइतबार साँझ इटहरीको तरहरामा भएको हत्याकाण्डका तीन अभियुक्तलाई सोमबार राती पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर – २० तरहरा स्थित एकता मार्गमा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
आइतबार साँझ तरहरामा युवाहरु एक समूहको छुरा प्रहारबाट २८ बर्षीय रादन राईको उपचारका क्रममा मृत्यु भएको थियो । सँगै बसेर मदिरा सेवन गरेका दाईलाई घर छोडेर फर्केका रादनलाई साथीहरुले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाईते राईको तरहरा स्थित नितान्त पोलिक्लिनकमा भर्ना गरिएपनि उपचार संभवन नभएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा नै आइतबार राती मृत्यु भएको थियो ।
‘हामीले बिशेष रुपमा प्रहरी परिचालन गरेका थियौ । उनीहरुलाई लुकीछिपी बस्दै आएको अबस्थामा सुनसरीको खनारबाट पक्राउ गरेका हौ ।’ सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले विराटपथसँग भने, ‘घटनाको बिषयमा अभियुक्तसँग थप अनुसन्धान गर्ने कार्य भईरहेको छ । बिस्तृत बिषय पछि सार्वजनिक गछौं ।’
पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी घर भएका २० बर्षिय प्रज्जवल तामाङ, इटहरी तरहराका १९ बर्षिय अभिषेक केसी र इटहरी तरहराका कै २३ बर्षिय अभिषेक पौडेल रहेका छन् । प्रहरीले उनीहरुलाई सुनसरी खनारको बुढीखोला जाने सडकखण्डमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै कक्षा १२ मा अध्ययरत बिद्यार्थी हुन । उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीको टोलीले पक्राउ गरेको थियो ।
सगै बसेर मदिरा सवेन गरेका मृतक राईका दाजुको घर पञ्चायन पुर्याएर फर्केने क्रममा उनीहरुबीच सामान्य विवाद भएको थियो । सो विवादमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्ववल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनु पूर्व नै म खिलेलाई म कुटेजस्तो गरेर जिस्कन्छु भनेका थिए । उनीहरुबीचमा जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य विवाद भएको थियो । सामान्य विवादको क्रममा उनीमाथि छुरा र इटा प्रहार भएको थियो । मृतक राई बेलायत बस्दै आएका थिए । लकडाउन पहिले नै नेपाल आएका उनी लकडाउनका कारण बेलायत फर्कन सकेका थिएनन् ।
प्रहरीले घटना भएको २४ घण्टा नबित्दै अभिुक्तलाई पक्राउ गर्न सफल भएको छ । सुनसरी प्रहरी प्रमुख एसपीले विराटपथसँग कुरा गर्दै यो जघन्य अपराध भएको भन्दै थप अनुन्धान गरिने र कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने जानकारी दिए ।