News flash

विराटपथ

सोमबार, जेठ १९, २०७७

विराटनगर । सोमबार दिउँसो परेको हावापानीसँगै परेको चट्याङले मोरङमा दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चट्याङ लागेर रतुवामाई नगरपालिका ५ का २२ बर्षिय नेत्र श्रेष्ठको ज्यान गएको हो । त्यस्तै आजै परेको चट्याङले सुनबर्षी नगरपालिका ६ की ३० बर्षिया निरुतुकुमारी दासको समेत मृत्यु भएको छ ।
दिउँसो रतुवामाईको धाद्रा स्थित खेतमा बाख्रा सार्ने क्रममा अचानक चट्याङ लागेर घाईते भएका नेत्रको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरि सुनबर्षीको तालगाछी बस्ने राजेश दासको पत्नी निरुतुदेवी मकैबारीबाट मकै लिएर घर फर्कर्ने क्रममा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको पनि उपचारका लागि रंगेली ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
सोमबार नै परेको चट्याङले मोरङको बिभिन्न स्थानमा गरि आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार धनपालथान गाँउपालिका २ मा आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर धनपालथान २ का ३८ बर्षिया प्रमिलादेबी मण्डल, उनको छोरी १४ बर्षिया मनिषदेबी मण्डल, छोरा २५ बर्षिय जितेन मण्डल घाइते भएका छन् ।
त्यस्तै १९ बर्षिया गीताकुमारी मण्डल, १६ बर्षिया सपनाकुमारी मण्डल, १२ बर्षिय अभिषेक मण्डल, ३८ बर्षिय शिवशंकर मण्डल र ४० बर्षिय चन्दन बहरदार समेत चट्याङ लागेर घाइते भएका छन् । घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल