News flash

विराटपथ

सोमबार, जेठ १९, २०७७

विराटनगर । इटहरी उपमहानगरपालिका वडा नम्बर – २० तरहरा स्थित एकता मार्गमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । युवाहरु एक समूहको छुरा प्रहारबाट घाइते भएका इटहरी २० निवासी २८ बर्षीय रादन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
सँगै बसेर मदिरा सेवन गरेका दाईलाई घर छोडेर फर्केका रादनलाई साथीहरुले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाईते राईको तरहरा स्थित नितान्त पोलिक्लिनकमा भर्ना गरिएपनि उपचार संभवन नभएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा नै आइतबार राती मृत्यु भएको थियो ।
आइतबार अपरान्ह ४ बजे तिर मृतक रादन राईको घरमा बसेर उनका दाई,लक्ष्मण गुरुङ लगायत अन्य तीन जनाले मदिरा सवेन गरेका थिए । मृतक राईका दाजुको घर पञ्चायन भएकाले उनीहरु दुईवटा मोटरसाइकलमा दाईलाई घर पुर्याउन गएका थिए । फर्कने क्रममा मृतक राईले छिमेकी खिलानाथ घिमिरलेलाई फोनमा एकछिन भेट्ने काम छ भनेर भेट्न आग्रह गरेका थिए ।
सो भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्ववल तामाङ पनि साथमा रहेका थिए । रादनले उनीहरुसँग भेट हुनु पूर्व नै म खिलेलाई म कुटेजस्तो गरेर जिस्कन्छु भनेका थिए । उनीहरुबीचमा जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य विवाद भएको थियो । सामान्य विवादको क्रममा उनीमाथि छुरा र इटा प्रहार भएको थियो । मृतक रादनलाई छुरा र इटा प्रहार कसले गरेको हो अहिले सम्म खुलेको छैन । मृतक राई बेलायत बस्दै आएका थिए । लकडाउन पहिले नै नेपाल आएका उनी लकडाउनका कारण बेलायत फर्कन सकेका थिएनन् ।
प्रहरीले घटनामा को को संलग्न थिए भनेर अनुसन्धान शुरु गरेको छ । सो क्रममा प्रहरीले सिसि क्यामेराको फुटेज समेत हरेको छ । प्रहरीका अनुसार सिसि क्यामेराको फुटेजमा घटनास्थलमा ६ जना रहेपनि घटना भएको स्थान अध्यारो भएकाले फुटेजमा स्पष्ट देखिएको छैन ।
घटना भएलगतै प्रज्ववल तामाङ लगायतका युवा फरार छन् । प्रहरीले समेत घटनामा अन्दाजी २० बर्षीय तामाङले पछाडीबाट ईटाले प्रहार गरेका र रादन भुईँमा लडेपछि छुरीले तीन–चार पटकसम्म प्रहार गरेको अनुमान गरेको छ । प्रहरीले हत्यामा संलग्न भई फरार भएकाहरुको खोजी कार्य त्रिब परेको छ । उनीहरुको खोजीका लागि प्रहरीले एक बिषेश अनुसन्धान टोली परिचालन गरिएको छ ।
हत्याको अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरबाट समेत प्रहरीको बिषेश अनुसन्धान टोली खटिएको छ । फरार भएकाहरु इटहरी भित्र नै लुकेर बसेकाले साँझ सम्ममा पक्राउ परिसक्ने प्रहरीले जनाएको छ । यसैबीच घटना भएका बेला संगै रहेका स्थानीय कृष्ण घिमिरे र राजन बाँनियालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल