झापामा एकै दिन २५ संक्रमित थपिए

Logo
बिहिबार, जेठ १५, २०७७

झापा । झापामा एकै दिन २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीबार मा थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
थपिएका सबै संक्रमित कचनकवलका क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । बिहीबार थपिएका कोरोना संक्रमित सँगै झापामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ जना पुगेको हो । कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए ।
सो गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]