विराटनगर । नेपाल प्रहरीका एकसय ४४ जना प्रहरी नायक उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबारको निर्णय अनुसार डिएसपीको सरुवा गरिएको हो । बढुवा भएका केही डिएसपीको पदस्थापन पनि गरिएको छ ।
प्रदेश १ अन्तरगतको भोजपुरमा कृष्णकुमार चन्द सरुवा भएर आएका छन् । .उनी प्रहरी परिसर काठमाण्डौबाट सरुवा भएर आएका हुन । त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरमा गोबिन्द पुरी, इलाका प्रहरी कार्यालय धरानमा ज्ञानेन्द्रबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय संखुवासभामा नवराज मल्ल, खोटाङमा नारायणप्रसाद चिमरियाको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले महेन्द्रकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा, राजेन्द्र पोखरेललाई इलाका प्रहरी कार्यालय काकडभित्तामा, लालध्वज सुवेदीलाई जिल्ला प्रहरी कार्यालय इलाममा, हेमन्त भण्डारीलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा सरुवा गरेको छ ।
त्यसैगरि केही दिन अघि बढुवा भएका डिएसपीहरुको समेत पदस्थापन गरिएको छ । ४३ जना डिएपपीको पदस्थापन गरिएको हो । राकेश थापाको जिल्ला प्रहरी कार्यालय झापा, महेशविक्रम दाहालको १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण विराटनगरमा सरुवा गरिएको छ ।