विराटनगर । लकडाउनका कारण भारतको बिभिन्न स्थानबाट भारतीय नाका जोगवनीमा रहेका ९५ जना नेपाली नागरिकलाई उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका उद्धार गरिएका नेपालीलाई होल्डिङ स्टेशनमा राखिएपछि क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाइएको छ । त्यसैगरि स्थानीय प्रशासनका अनुसार बिहिबार मात्र नेपालबाट जोगवनी नाका हुँदै दुईसय ८ जना भारतीय नागरिक स्वदेश फर्किएका छन् ।