News flash

विराटपथ

बिहिबार, जेठ १५, २०७७

विराटनगर । समाजमा कहिले काँही पत्याउन नसकिने घटना घट्छ । यस्तै घटना बिहिबार मोरङको एक नगरपालिकामा भएको छ । जन्मदिने आमालाई छोराले नै हत्या गर्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर यस्तै घटना भएको छ । अझ, उनले आमाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् ।
बिहिबार दिउँसो ११ बजेको समयमा मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेका जीवनबहादुर लिम्बुले आफ्नै आमाको बिभत्स तरिकाले हत्या गरेका छन् । लिम्बुले अन्दाजी ४४ बर्षिया आमा देवीकुमारी लिम्बुलाई टाउको र निधार लगायत शरिरका बिभिन्न भागमा छुरी प्रहार गरि हत्या गरेका छन् ।
काले भनिने जीवनले आमालाई शुरुमा इटा प्रहार गरि घाइते बनाएपछि छुरीले शरिरको बिभिन्न भागमा प्रहार गरेको बताइएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको थियो । छिमेकीका अनुसार सो घरमा आमा छोरा मात्र बस्दै आएका थिए ।
आमाको हत्या गरेपछि जीवनले आत्महत्या गरेका थिए । उनले आफैले आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरेका थिए । जीवनले आमाको हत्यामा प्रयोग गरेको छुरी नै आफु आत्महत्या गर्दा प्रयोग गरेका थिए । छुरी प्रहारबाट गम्भीर घाइते भएका जीवनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाईते भएका जीवनको उपचारको लागि नोबेल सामुदायिक अस्पताल बेलबारीमा
लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । हत्या र आत्महत्याको कारण नखुलेको प्रहरीले जनाएको छ । उनी लागुऔषध र मादक पदार्थ सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले लागुऔषध र मादक पदार्थकै नसामा रहेका बेला घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गराएको हुन सक्ने बताएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल