News flash
प्रहरीले कुटपिट गरको भन्दै क्वारेन्टाइनमा भोक हडताल

एक भारतीय क्वारेन्टाइन छाडेर भागे

विराटपथ

बुधबार, जेठ १४, २०७७

विराटनगर । प्रहरीले कुटपिट गरि ज्यादती गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरु भोक हडतालमा उत्रिएका छन् । सप्तरीको बभनगामा कट्टीमा रहेको क्याम्पसमा रहेका सर्वसाधारणले प्रहरीको ज्यादतीको बिरोधमा भोक हडताल शुरु गरेका हुन । उनीहरु उच्च माबिको चौरमा बसेर बिरोध स्वरुप हडतालमा उत्रिएका हुन ।
स्थानीय लक्ष्मी बल्लभ नरसिंह उच्च माबिमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई प्रहरी सहायक निरीक्षक संजय सिंहले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटका कारण त्यहाँ बसेका भारतीय नागरिक राजा खत्वे फरार भएका छन् । उनी भारत सितामडीका हुन । स्थानीय सञ्चारकर्मी बैद्यनाथ यादवका अनुसार अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारती पुगेका छन् । उनले घटनाबार आफुले बुझिरहेको प्रतिक्रिया दिएका छन् ।
सो बिद्यालयको क्वारेन्टाइनमा नेपाल र भारतका गरेर ७३ जना बस्दै आएका थिए । प्रहरीको कुटपिटबाट क्वारेन्टाइनमा रहेकी अनु कुमारी मुखिया घाईते भएकी छन् । भोक हडतालमा उत्रिएका सर्वसाधारणले दोषी माथि कारबाहीको माग गरेका छन् । सप्तरी कोईलाडी तिलाठी ७ कि प्रभा देबी रायले प्रहरीले रक्सी खाएर महिला समेतलाई हातपात गरेको बताइन् ।
प्रहरी सहायक निरीक्षक सिंहले भने आफुले माथिको आदेश अनुसार काम गरेको बताए । भारतीयहरूलाई क्वारेन्टाइनबाट निकाल्ने आदेश आएकाले सो काम मात्र आफुले गरेको उल्लेख गरे । उनले आफुहरु कसैमाथि हातपात र कुटपिट नगरेको समेत जिकिर गरे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल