यो दलित शब्दले के गरेछ र ? भनेर प्रश्न गर्नेहरुलाई यो शब्द जसलाई मन परेछ उनीहरुलाई नै ग्रहण गर्न आग्रह छ । पहिलो बिषय, शब्दमा कत्तिको पीडा छ, जलन छ भन्ने कुरा सदियौदेखि अहंकारले भरिएको हृदय बोकी हिड्ने त्यो मानबरुपी अज्ञानी नरपिचाशहरुलाई कहिल्यै अनुभुत हुन सक्दैन ।
यो शब्द भित्रको बिभेद चाखेर त हेर । जन्मदा न कसैले जात छानेर जन्मेको हुन्छ न कसैले देश अनि न त आमा बाऊ नै ।
अनन्त आत्मिक यात्रा गरेर भौतिक चोला फेरिदै आएको मानबलाई यो चोला के को निम्ति प्राप्त भयो भन्ने ज्ञान र हेक्का नहुनेहरु
यही पृथ्वीको हावा साट्छन् । यही माटोमा फलेको अन्नपानी चाख्छन् अनि त्यहि एउटै सूर्यको तापले बाँच्ने प्राणी आज माथिल्लो र तल्लो हुने ?
कत्रो घमण्ड एउटा सासले काम नगरे माटोमा मिलेर जानेहरु जातको घमण्डमा बाँच्नेहरु यो धर्तीका बोझ हुन् । हामी सबै मानव हौ अनि हामी सबै बराबर हौ । विना अक्सिजन २ मिनेट बाँचेर देखाऊ, बिना अन्नपानी खाएर ३ महिना बाँचेर देखाउ, जाडो महिनामा ३ महिना सूर्यको ताप बिना बाँचेर देखाऊ अनि बल्ल मान्नेछु तिमी माथिल्लो रैछौ भनेर । नत्र माथिल्लो र तल्लोको भ्रम त्यागेर मानब बन्न सबैलाई आग्रह छ । प्रेम बाँडौ, हाँसो बाँडौ, कति नै बाँचिन्छ र यो धर्तिमा अन्त्यमा के लिएर जान्छौ र । यो दलित सलित, माथिल्लो र तल्लोको नाटक बन्द गरौ ।