News flash

विराटपथ

मंगलबार, जेठ १३, २०७७

विराटनगर । मोरङको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार साँझ मोरङको सुन्दरहरैचा नगरपालिका ९ झरना पुलमा भएको दुर्घटनामा ३१ बर्षिय गोबिन्द बजगाईको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइते भएका बजगाईको उपचारको क्रममा बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा सोमबार राती ९ बजे मृत्यु भएको थियो ।
त्यसैगरि सोमवार राति १० बजे मोरङकै केरावारी गाउँपालिका ९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाईकल दुर्घटनामा परेर स्थानीय विकास गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा ढलेर लडेको रुखको हांगामा ठोक्किएर भएको दुर्घटनामा गुरुङ घाईते भएका थिए । गुरुङको पनि उपचारको क्रममा विराट नर्सिङ होमा मृत्यु भएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल