लागुऔषध कारोबारीसँग नक्कली पेस्तोल

Logo
मंगलबार, जेठ १३, २०७७

विराटनगर । प्रहरीले बारम्बर अबैध हतियारसहित मानिस पक्राउ गरेको घटनाहरु हामी सुन्दै आएका छौ । असुली, अपहरण, चोरी, डकैती जस्ता गैरकानुनी कार्यमा संलग्न हुनेले अबैध हतियारको प्रयोग गर्दै आएका छन् । तर सुनसरी प्रहरीले मंगलबार भने नक्कली हतियार बरामद गरेको छ, त्यो पनि लागुऔषध कारोबारीसँग ।
लकडाउनको समयको फाइदा उठाउँदै लागुऔषधको कारोबार गर्ने सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले दिनदिनै कारोबारीहरुलाई पक्राउ गर्न सफल हुँदै आएको छ । बिशेषगरि लागुऔषध भारतबाट नेपाल ल्याइने गरिन्छ । लागुपदार्थका सेवनकर्ताहरु भारतीय बजारमा पुग्न नसक्दा लकडाउनको समयमा कारोबारीहरु सक्रिय भएको प्रहरीको भनाई छ ।
मंगलबार सुनसरी प्रहरीले मंगलबार विहान ४ बजे भोक्राहाबाट बिशेष सूचनाका आधारमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले कोशीगाँउपालिका १ लौकही बस्ने शोसिल साह, सोही स्थान बस्ने अमन साह र गणेशकुमार साहलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाईलक्स ४७ बोतल, नाईट्रोजन ९०, स्पास्मोप्रोक्सिवन २३ लगायतका लागुऔषध बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने कौडा र नक्कली पेस्तोल समेत बरामद गरेको छ । प्रहरीले डाईलक्स नेपाली बजारमा प्रति बोतल एक हजारका दरले बिक्री हुने गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी निरीक्षक सरोज खनालले नक्कली पेस्तोल अमन साहको साथबाट बरामद भएको जनाए । ‘उनीहरु ब्यवसायिक कारोबारी नै हुन । बिशेष सुराकीका आधारमा हामीले उनीहरुलाई पक्राउ गरेका हौ ।’ खनालले विराटपथसँग भने, ‘उनीहरुले नक्कली पेस्तोल मानिस तर्साउन, रातको समयमा मानिसहरुसँग तर्साएर रकम असुल्न प्रयोग गर्थे ।’
पक्राउ परेकालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]