विराटनगर । कोरोना भाइरस संक्रमितको संख्या सोमबार फेरि थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७२ जना संक्रमित थपिएका हुन । थपिएको संख्यासँगै सोमबार विहान सम्ममा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार रौतहट र बारा जिल्लामा धेरै संक्रमित देखिएका छन् । रौतहटमा २६ जना र बारामा २१ जनामा कोरोना भाइरसको पुष्टि भएको हो । ती जिल्लामा देखिएका नयाँ संक्रमित १८ बर्षदेखि ५३ बर्ष उमेरका पुरुष रहेका छन् ।
त्यसैगरि धनुषा र कपिलबस्तुमा ३ ३ जना पुरुषमा, काठमाण्डौको टोखा नगरपालिकामा एकजना र बुढानिलकण्ठ नगरपालिकामा दुईजनामा कोरोनको संक्रमण देखिएका छ । तीनैजना पुरुष रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश १ को सप्तरीमा दुईजना पुरुषमा, बर्दियाको बाँसगढीमा एकजना पुरुषमा र बाँके जिल्लाका ४ जना पुरुषमा कोरोना देखिएको छ ।
थप संक्रमितमा दैलेखमा ५ जना रहेका छन् । तीमध्ये एक २५ बर्षिया महिलामा समेत कोरोनाको संक्रमण देखिएको छ ।